एनआरएनले नेपालमा 'घुम्ती रगत संकलन बस सेवा' संचालन गर्ने | Khabarhub Khabarhub

एनआरएनले नेपालमा ‘घुम्ती रगत संकलन बस सेवा’ संचालन गर्ने



दोहा – गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालमा घुम्ती रगत संकलन बस सेवा संचालन गर्ने भएको छ ।

परियोजनाबारे गैरआवासीय नेपाली संघले नेपाल रेडक्रस सोसईटी चितवनसँग सहकार्य गरि मौसम प्रतिकूलताको बेलामा पनि रगत संकलन गर्नको लागि “घुम्ती रगत संकलन बस परियोजना” संचालन गर्न लागेको जनाएको छ ।

यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्धत गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको बसका लागि सम्झौता भइसकेको एनआरएनले जनाएको छ ।

रगत संकलनका लागि यही अक्टोबरमा क्षेत्रीय रक्त संचार सेवा भरतपुरलाई हस्तानतरण हुनेछ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा सबै गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रिय रक्तसंचार सेवा चितवनले स्थापना काल देखि नै बिरामीहरुलाई सेवा पुर्‍याउँदै आएको छ ।

नेपालमा एक उपचार केन्द्रको रुपमा स्थापित चितवनमा विभिन्न खालका बिरामीहरुलाई रगत उप्लब्ध गराई सेवा दिने कार्य क्षेत्रीय रक्तसंचार सेवा चितवनले गरेको छ ।

“नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ ।

यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ४६ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३