नेता वामदेव गौतमले रचना गरेको गीत सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

नेता वामदेव गौतमले रचना गरेको गीत सार्वजनिक (भिडियो)


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाका शीर्ष नेता बामदेव गौतमले लेखेको गीत सार्वजनिक भएको छ । ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

राष्ट्रभक्तिका शब्दले ओतप्रोत यो गीतमा संगीत पनि नेता गौतम र शम्भुजीत बास्कोटाको संगीत छ । संगीत संयोजन भने मनोहर सुनमले गरेका हुन् ।

गीतमा रोशन गुरुङ र माण्डवी त्रिपाठी रिमालको स्वर सुन्न सकिन्छ । भिडियोमा नेपालका विभिन्न मनोरम दृश्य देख्न सकिन्छ भने वामदेम आफैले पनि अभिनय गरेका छन् । गीतमा नेपाल प्राणभन्दा प्यारो बुद्ध भूमि भएको भाव प्रस्तुत गरिएको छ ।

भिडियोमा जीवन थापाको निर्देशन देख्न सकिन्छ भने दीर्घ गुरुङको छायांकन छ । यस्तै भिडियोमा निर्देशक थापाको सम्पादन समेत रहेको छ ।

गौतमले लेखेका ४३ वटा गीतहरुको सङ्ग्रह पनि प्रकाशन गरिएको छ । गीति एल्बममा समावेश धेरै गीतमा राष्ट्रियताको भावना समेटिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ०४ बजे

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको