खेलाडीको अभ्यास नहेरि प्रदर्शनबारे भन्न सकिन्न – प्रशिक्षक कालिन | Khabarhub Khabarhub

खेलाडीको अभ्यास नहेरि प्रदर्शनबारे भन्न सकिन्न – प्रशिक्षक कालिन


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले घरेलु मैदानमा हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत संयुक्त छनोटमा राम्रो गर्न कोसिस गर्ने बताएका छन् ।

कालिनले घरेलु मैदानमा राम्रो गर्ने कोसिस गर्ने बताएका हुन् । कोरोना भाइरसका कारण ४ महिनाभन्दा बढी समय खेलाडीहरु घरमा बस्दा फिटनेसदेखि प्रदर्शनमा असर पर्ने तिर लक्षित गर्दै कालिनले भने, ‘अहिले टोलीको प्रदर्शन कस्तो हुन्छ भनेर भन्न सकिन्न । मैदानमा खेलाडीको खेल नहेरिकन भन्न सकिन्न ।’

तर, खेलाडीहरु घरेलु मैदानमा खेल्न आतुर रहेको र उयनीहरुले आफ्नो राम्रो खेल दिनेमा उनी विश्वस्त छन् ।

‘खेलाडी मेहनत गर्छन् । आशा छ उनीहरुले राम्रो तयारी गर्नेछन्,’ कालिनले खबरहबसँग भने । नेपालमा कोरोना भाइरसको जोखिम देखिएपछि सरकारले खेल गतिविधि नगर्न पत्राचार गरेपछि कालिन स्वीडेनस्थित आफ्नो घर फर्किएका छन् ।

स्वीडेनमा रहेका कालिन अब नेपालले अन्तर्राष्ट्रिय उडान सुरु हुने दिन कुरेर बसिरहको बताएका छन् ।

‘काठमाडौं फर्किने दिन कुरेर बसेको छु । कहिले आउने भन्ने निश्चित छैन,’ कालिनले भने । नेपाली फुटबल टोलीको अभ्यास भदौ १ देखि सुरु हुने तय भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : ५८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०