प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु | Khabarhub Khabarhub

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता विनै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा परिसरमा सुरु भएको छ ।

प्रथम अध्यक्ष ओलीले स्थगन गरेको आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अध्यक्षतामा सुरु गरेका हुन् । यसअघि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले केही बेर ओलीलाई भेटेका थिए ।

एक सदस्यले बैठकमा बहुमत सदस्य सहभागी रहेको बताए । ओली पक्षका एक नेताले भने केही सदस्यहरु बैठक कक्षमा रहेको भन्दै बैठक सुरु भएको र त्यहाँ बहुमत सदस्य उपस्थित रहेको भन्ने कुरा अस्वीकार गरे ।

बैठकमा २७ जना स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको ती सदस्यले बताए । ती सदस्यका अनुसार महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा उपस्थित भएका छन् ।

लामो समयदेखि नेकपाभित्र विवाद चर्किँदै गएको छ । विवादका कारण पटक–पटक बस्ने भनिएको स्थायी कमिटी बैठक सर्दै आएको थियो ।

मंगलवार (आज) पनि प्रधानमन्त्री ओलीले प्रचण्डसहित कुनै पनि नेतासँग छलफल नगरी बैठक स्थगित गरेका थिए ।

केही समययता प्रचण्डलगायत शीर्ष नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद चर्किएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : ३२ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै