मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा पाँच लाख हस्तान्तरण | Khabarhub Khabarhub

मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा पाँच लाख हस्तान्तरण


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मदन भण्डारी फाउन्डेशनले सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु पाँच लाख हस्तान्तरण गरेको छ ।

जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयको छलफल कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले सो रकम बराबरको चेक हस्तान्तरण गर्दै यस वर्ष कोरोना महामारी र बन्दाबन्दीका कारण अन्य सार्वजनिक कार्यक्रम नगरिएको र विभिन्न चेतनामूलक र वातावरण संरक्षणसम्बन्धी साताव्यापी कार्यक्रम गरेर जननेताको जन्मजयन्ती मनाइएको बताइन् ।

फाउण्डेशनका सचिव पेम्बा लामाले यस वर्ष फाण्डेशनले प्रदान गर्ने पुरस्कार पनि स्थगन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ५८ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक