कलाकारलाई नेपालमा कतिवटा जिल्ला छन् भन्ने थाहा नहुनु कति जायज ? | Khabarhub Khabarhub

कलाकारलाई नेपालमा कतिवटा जिल्ला छन् भन्ने थाहा नहुनु कति जायज ?


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकारहरुले फिल्ममा राम्रो अभिनय गर्दैनन् भनेर त दर्शकले भन्दै आइरहेका छन् । कलाकारलाई निर्माताले पनि गैरजिम्मेवार भएको आरोप लगाउने गर्छन् ।

नेपालका कलाकार राम्रो काम गरेर भन्दा विवादमा आएर चर्चामा आउने गर्छन् । केही फिल्ममा शीर्ष भूमिका निभाएकी कलाकार पूजा शर्माले हालै एक अन्तर्वार्तामा आफूलाई नेपालमा कति जिल्ला छन् भनेर समेत थाहा नभएको खुलासा गरिन् ।

उनको यो खुलासाले कलाकार कतिसम्म गैरजिम्मेवार छन् भन्ने स्पष्ट पारेको छ । त्यसो त एउटा कलाकारलाई नेपालमा कति प्रदेश छन् या जिल्ला छन् भन्ने थाहा नहुँदैमा सबैलाई थाहा नहुन सक्छ भन्ने होइन । तर, धेरै कलाकारलाई सामान्य कुरा समेत थाहा नभएको भिडियो अन्तर्वार्तामा स्पष्ट पारिसकेका छन् ।

कलाकार पूजा शर्माले नेपालमा १४ वटा जिल्ला र ७२ वटा प्रदेश छन् भनेपछि सामाजिक सञ्जालमा उनको विरोध भएको छ । उनको मात्र होइन, नेपाली कलाकारको ज्ञानको दायरामाथि पनि प्रश्न उठाइएको छ ।

हुन पनि नेपालमा कति जिल्ला छन् भन्ने समेत थाहा नहुनु भनेको निकै नै लाजलाग्दो कुरा हो । त्यसो त पूजा यस्तै कारणले बेलाबेलामा विवादमा आइरहन्छिन् ।

एक कलाकारले आफूलाई देशको गहना भनेर चिनाउन खोज्ने तर निकै साना कुराबारे पनि थाहा नहुनुले देशका गहनाहरुले भोलि अवसर पाउँदा के गर्न सक्छन् भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ३ : १० बजे

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले