लकडाउनका बेला सवारी दुर्घटनामा परी प्रदेश १ मा ४१ जनाको मृत्यु | Khabarhub Khabarhub

लकडाउनका बेला सवारी दुर्घटनामा परी प्रदेश १ मा ४१ जनाको मृत्यु


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन अवधिभर प्रदेश १ मा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ ।

गत चैत्र ११ गतेदेखि जेठ ३२ गतेसम्म सरकारले पूर्ण रुपमा लकडाउन गरेको थियो । उक्त समयमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।

लकडाउन अवधिमा ५ जना बालबालिका सहित २७ पुरुष र ९ जना महिलाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मीराज अधिकारीले खबरहबलाई बताए ।

उनका अनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ । त्यसैगरी झापा र सुनसरीमा ८–८, ताप्लेजुङमा ३, इलाम र उदयपुरमा दुई–दुई जना, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।

लकडाउन अवधिमा धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङमा भने सवारी दुर्घटनामा भने कसैको मृत्यु नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डीएसपी अधिकारीले बताए ।

कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले कारोडौं रुपैंया खर्च गरेका छन् । तर, दैनिक जसो हुने सवारी दुर्घटना नियन्त्रणका लागि भने प्रभावकारी काम गर्न नसक्दा दुर्घटना बढेको सरोकारवाला बताउँछन् ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले सवारी दुर्घटनामा मुख्य दोषी चालक आफैं भएको बताए । उनले विगतका भन्दा सवारी दुर्घटनामा कमी आउनुका साथै मृत्युदर घटे पनि दुई पाङ्ग्रे सवारी दुर्घटनाको संख्या भने बढेको बताए ।

मोटरसाइकल चालककै लापरबाहीका कारण कतिपय दुर्घटनाहरु हुने गरेको उनको तर्क छ ।

स्थानीय र प्रदेश सरकारले आ–आफ्नो क्षेत्रको पहिचान गरेर ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम बनाएर विद्यालयमा अनिवार्य पठनपाठन शुरु गर्नुपर्ने उनले बताए । ‘दिनरात सडकमा खट्ने ट्राफिक प्रहरीले जरिवाना मात्र गरेर पुग्दैन अब सामाजिक र नैतिक रुपमा दण्डित हुने नियम पनि लागू गर्न जरुरी छ,’ उनले भने ।

जवेगुले झापामा ट्राफिक प्रहरी दुर्घटनाको सम्भावित क्षेत्रको पहिचान गरेर त्यस क्षेत्रमा चेकजाँच गर्ने तथा कुन समयमा बढी दुर्घटना हुन्छ त्यस समयमा चेकजाँचलाई तीव्रता दिएको बताए ।

लकडाउनको अवधिमा अति आवश्यक काम बाहेक कसैलाई नहिड्न आग्रह गरे पनि ट्राफिक प्रहरीको आँखा छलेर सवारी चलाउँदा झापामा ८ जनाले ज्यान गुमाएको उनले बताए ।

स्थानीय तहले कोरोना भाइरस विरुद्ध गरे झैं खर्च अब सडक दुर्घटना नियन्त्रणका लागि पनि गर्न जरुरी रहेको प्रहरी निरीक्षक जवेगुको भनाइ थियो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : १८ बजे

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं