जर्मन बुन्डेसलिगा सम्पन्न, अन्तिम खेलमा उपाधि विजेता बायर्नको फराकिलो जीत | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगा सम्पन्न, अन्तिम खेलमा उपाधि विजेता बायर्नको फराकिलो जीत


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगाको यो सिजनका सबै खेल सम्पन्न भएका छन् ।

उपाधि विजेता बायर्न म्युनिखले अन्तिम खेलमा पनि फराकिलो जीत दर्ता गरेको छ ।

सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सीमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जीत दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे ।

वोल्फ्सबर्गको घरेलु मैदानमा फराकिलो जीतसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ ।

बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो । उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : २० बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम