आकार घटाएर ल्याएको बजेट सन्तुलित : अर्थविद् प्याकुर्‍याल | Khabarhub Khabarhub

आकार घटाएर ल्याएको बजेट सन्तुलित : अर्थविद् प्याकुर्‍याल


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको भन्दा ५८ अर्ब घटाएर ल्याएको बजेट सन्तुलित भएको अर्थशास्त्री प्रा.डा.विश्वम्भर प्याकुर्‍यालले बताएका छन् ।

कोरोना भाइरसको महामारीले अप्ठ्यारो परेको अवस्थामा सरकारले ल्याएको बजेट अर्थविद्हरूले सुझाए अनुसारकै आएको उनले बताए ।

‘बजेटको आकार करिब/करिब हामीले भनेकैं भयो,’ उनले भने ‘अहिलेको स्थितिमा बृहतरूपमा मौद्रिक र वित्तिय स्थिति विस्तार गर्ने नीति लिइरहेका बेला ठूलो आकारको बजेट सम्हाल्न गाह्रो हुन्थ्यो, यसले मुद्रा स्फ्रिति बढाउन सक्थ्यो, अब मूल्य बृद्धि रोकिन सक्छ ।’

तर मित्यव्ययी हुन्छौ भनेको क्षेत्रमा खर्च कटौती गर्न नसक्ने र खर्च गर्छौँ भनेर प्रतिबद्ध रहेको क्षेत्रमा खर्च नै गर्न नसक्ने परिस्थितिबाट भने सरकार चनाखो हुनु पर्ने उनको सुझाव छ ।

उनले बजेटमा धेरै क्षेत्रहरु ओगटेको बताए । सरकार आइसकेपछि पहिलो वर्षको बजेट १३ खर्ब खर्च हुन नसकेर ११ खर्बमा झािरएको थियो । १५ खर्बबाट पनि घटाएर १३ खर्ब बनाइएको हो ।

उनले बजेटको आकार समग्रमा सन्तुलित नै रहेको प्रतिक्रया दिँदै भने, ‘बजेटको आकारका कारणले आगामी आर्थिक वर्षमा मुल्यवृद्धि बढ्छ जस्तो मलाइ लाग्दैन । महँगी बढ्ने कारणहरु अरु छन् । हाम्रो मुद्राको अवमुल्यन भइरहेको छ । जसका कारण आयात गर्ने कच्चा पदार्थको मुल्य, राजश्व परिचालनबाट पनि २ खर्ब नपुग्ने भनिएको छ ।’

उनले भने, ‘ऋण लिएपछि व्याज चुक्ता गर्दा हाम्रो मुद्रा अवमुल्यन भएपछि डलरको भाउ बढेसँगै बढि पैसा खर्च हुने भयो । प्रतिफल आजको भोलि त आउँदैन । बाह्य क्षेत्रमा आउने असन्तुलनलाई कसरी व्यवस्थापन गर्नसकिन्छ भनेर लेख्नुपर्ने थियो ।’

चालू आर्थिक वर्षमा मोनोरेल, भिजिट नेपालका लागि खर्च विनियोजन भएको थियो । चालू आर्थिक वर्षमा खर्च नभएको रकम ९० अर्ब जति आगामी आर्थिक वर्षका लागि रहने उनले बताए ।

अहिलेको बेलामा सांसदहरुलाई रकम दिने काम उचित थिएन भन्दै उनले राजनीतिक कारणले समस्या परेको भएपनि सांसदको तजवीजीका आधारमा विनियोजन गरिएको खर्च चालू आर्थिक वर्षमा १० प्रतिशत पनि खर्च हुन नसकेको बताए ।

सांसदलाई दिने रकम स्थानीय तहमा राखेर खर्च गर्न सकियो भनेर सांसदहरुको पनि निर्णय गर्ने भूमिका रहने गरी गर्नुपर्ने उनले बताए ।

‘गत वर्षमा पनि ठुला ठुला आयोजनाहरुको सम्भाव्यता अध्ययनका लागि महत्वाकाँक्षी आयोजनाहरु राखिएको थियो । अहिले सम्पन्न हुन लागेका मेलम्ची, फाष्ट ट्रयाक, निजगढ, भैरहवाको वभानस्थलहरु रोक्न भएन,’ उनले भने, ‘महत्वाकांक्षी आयोजना यसवर्ष नराखेको भए हुन्थ्यो ।’

स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको बजेट ठीक भएको उनले बताए । ‘ नेपालभरी २६ हजार ९ सय ३० वटा वेड मात्रै छन् । ८ सय ४० वटा भेण्टिलेटर छन् । संक्रमित हुनेको संख्या कति बढ्छ टुंगो छैन । यसका लागि विनियोजन गरिएको बजेट राम्रो छ,’ उनले भने ।

रोजगारीका लागि विस्तृत कार्यक्रम आउन नसकेको बताउँदै उनले हरेक वर्ष योजनामा हुने तर कार्यान्वयन हुन नसक्ने समस्या यसपाली पनि दोहोरिनसक्ने बताए ।

उनले भने, ‘यसलाई गम्भिर भएर हेर्नुपर्छ । कतिपय क्षेत्रमा जोखिम उठाउन नसकेर खरिद नियमावली जतिचोटी संसोधन गरेपनि राम्रोसँग काम हुन सकेको छैन । यसबाट सरकारले पाठ सिकेर बजेटमा आएको भए राम्रो हुन्थ्यो । कोरोनाका नामबाट ऋण त आउला तर त्यसको खर्च कसरी गर्ने भन्ने विषय यो बजेटमा छैन । त्यो चाँहि कमी भएको जस्तो लाग्छ ।’

राहतका लागि श्रम रोजगारीका लागि, स्वास्थ्य जोखिमका लागि कार्यक्रमहरु चाँहि आएको उनले बताए । नीजि सार्वजनिक पाटनरसीपका कुरा सधै आएका छन् । यसवर्ष पनि आएको छ । तर कार्यान्वयन हुन सकेको छैन । यसमा ध्यान दिँदै जानु पर्ने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ७ : ०२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका