स्वास्थ्य क्षेत्रमा बजेट : कुन शीर्षकमा कति ? | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रमा बजेट : कुन शीर्षकमा कति ?


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामि आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तु गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएका हुन् ।

सरकारले यो वर्ष स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन गरेको बताए ।

खतिवडाका अनुसार कोरोना संक्रमण लगायत सबै रोग तथा संक्रमणबाट नागरिकलाई बताउँन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण र जनशक्ति विकासमा जोड दिइएको छ ।

उनले कोरोनाको उच्च जोखिमको क्षेत्रमा परीक्षणको दायरा बढाउन क्वारेन्टाइनको स्थानपना गर्न र त्रास सम्बोधन गर्न स्रोतको व्यवस्था मिलाएको बताए ।

उनले कोरोना संक्रमण नियन्त्रणका लागि ६ अर्व बजेट व्यवस्थापन गरेको बताए । यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि ५ लाख सम्मको निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा ३ सय शय्याका सरुवा रोग अस्पताल निर्माण हुने, काठमाडौं उपत्यका र प्रदेश राजधानीमा २ सय ५० शय्याका आइसियु वेड स्थापना र सबै प्रदेश अस्पतालमा ५० शय्याको सरुवा रोग अस्पताल संचालन गरिने भएको छ ।

यस्तै राजधानी बाहिर रहेका केन्द्रिय सरकारको मातहतमा संचालित अस्पतालहरु पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी भरतपुर, भेरी र डडेल्धुरा अस्पतालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने भएको छ ।

स्वास्थ्य पुर्वाधार विकासका लागि १२ अर्व ४६ करोड विनियोजन गरिएको मन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री युवराज खतिवडाले एक स्वास्थ्य जनसंख्या एक चिकित्सकको नीति लागू गर्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष प्रस्तुत गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । हरेक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा तथा नसर्ने रोग जाँच गराउन ५ अर्व १० करोड वित्तिय हस्तान्तरण गरिने बताए ।

अर्थमन्त्री खतिवडाले विशेषबाट सबै स्थानीय तहमा ५ देखि १५ शय्याको २ सय ७२ वटा अस्पताल निर्माणका लागि १४ अर्व २७ करोड बजेट विनियोजन गरिएको बताए ।

उनले स्वास्थ्य विमालाई आगामी ती वर्ष भित्रमा सबैको पहुँचमा पुर्‍याउने र आगामी वर्षमा स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई स्वास्थ्य विमामा समेटिने बताए ।

यस्तै स्वास्थ्य विमाका कार्यक्रम भित्र आधारभूत स्वास्थ्य सेवा बाहेका स्वास्थ्य सेवालाई पनि समावेस गर्दै लगिने बताए । स्वास्थ्य विमामा ७ अर्व ५० करोड विनियोजन गरिएको बताए ।

अर्थमन्त्री खतिवडाले विभिन्न घातक रोगको उपचारका लागि ४ अर्व २२ करोड विनियोजन गरिएको बताएका छन् । उनले बालबालिका जेष्ठ नागरिकका मुटुको निशुल्क उपचार, क्षयरोग, यौनरोग, कुष्ठरोगको उपचार गर्न यो बजेट विनियोजन गरेको बताए ।

अर्थमन्त्री खतिवडाले केन्द्रिय अस्पतालबाट पनि गरिव तथा विपन्न नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने पनि बताए ।

अर्थमन्त्री युवराज खतिवडाले देशभर रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च दोब्बर दिने घोषणा गरेका छन् ।

देशभरका ५२ हजार स्वास्थ्यकर्मीलाई यातायात दोब्बर बनाइएको बताएका हुन् ।

उनले स्वास्थ्य स्वयं सेविकाका परिवारलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिइएको पनि बताए ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई अन्तराष्ट्रिय स्तरको बनाउन पनि बजेट विनियोजन गरिएको बताए ।उनले सबै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने पनि बताए ।

सरकारले सबै स्वास्थ्य संस्थाबाट पोषणको कार्यक्रम लागु गर्न पनि बजेट व्यवस्थापन गरिएको बताए । सबै स्थानीय तहका स्वास्थ्य संस्थामा सुरक्षित मातृत्व, महिलाहरुको प्रजनन् तथा स्तन तथा पाठेघरको क्यान्सरको निशुल्क स्वास्थ्य जाँचको व्यवस्था पनि गरिएको छ । आगामी वर्ष नेपाललाई पूर्ण खोममुक्त देश घोषण गर्न पनि बजेट विनियोजन गरिएको छ ।

मन्त्री खतिवडाले त्रिभूवन विश्व विद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानको नेफ्रोलोजी र युरोलोजी सेवा लगायतका जटिल रोगको अध्ययन अध्ययापन तथा तालिम सहितको विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न विशेष केन्द्र स्थानपना गरिने भएको छ ।

यस्तै सबै किसिमका रोग परीक्षणका लागि दक्ष प्राविधिक र आधुनिक उपकरण सहित राष्ट्रिय रोग निदान केन्द्र स्थानपना गरिने भएको छ ।

यस्तै गंगालाल अस्पताल, प्रसूती तथा स्त्री रोग अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, कान्ति बाल अस्पताल र वीर अस्पताल लागयताका विशिष्टकृत अस्पतालले स्थानीयत तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवा सहित सेटलाइट तथा सेवा क्लिनिक संचालन गरिने भएको छ । त्यसका लागि भरपर्दो टेलिमेडिसिन सेवा विस्तार हुने भएको छ ।

यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वसप्रश्वास केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, रामराजा प्रसाद सिंहस्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा संचालनका लागि बजेट विनियोजन गरिएको छ ।

मानसिक र शारीरिक स्वास्थ्य सेवाका लागि आयोग्य केन्द्र, व्यायाम केन्द्र तथा योग सेवा संचालन गरिने भएको छ ।

सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई विपद र माहामारीमा सरकारले उपयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री खतिवडाले विपद् र महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्थाका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई संक्रामक रोग नियन्त्रणको अनुसन्धान गर्ने निकायको रुपमा विकास गर्ने, औषधि व्यवस्था लिमिटेडको क्षमता विकास गर्ने कार्यक्रम पनि आगामी आर्थिक वर्षको बजेटमा समावेस भएको छ ।

कान्ति बाल अस्पतालमा थप आइसियु सेवा विस्तार गर्न, उच्च शिक्षा अध्ययनको उत्कृष्ठ संस्थाको रुपमा विकास गर्न, गंगालाल अस्पतालमा बाल मुटुरोग उपचार शुरु गर्न र थप उपकरण खरिद तथा भवन निर्माणको लागि बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षदेखि दुर्घटना परेका बिरामीले देशभर एउटै फोन नम्बरमा सम्पर्क गरी सेवा लिन सक्ने व्यवस्था गरिने भएको छ । यस्तै राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थानपना गरिने योजना पनि रहेको छ ।

यस्तै स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान,काउन्सिल, अनुसन्धान केन्द्र तथा अस्पताल संचालनमा एकरुपमा ल्याउन एकीकृत छाता ऐन ल्याइने भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ६ : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न