त्रिनगर नाकाबाट भारतमा अलपत्र ४ हजार ७ सय बढी नेपालीको उद्दार | Khabarhub Khabarhub

त्रिनगर नाकाबाट भारतमा अलपत्र ४ हजार ७ सय बढी नेपालीको उद्दार


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको त्रिनगर नाकाबाट आज पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ ।

स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

क्वारेन्टिनमा राखेकालाई योग अभ्यास सिकाइने

धनगढी उपमहानगरपालिकाले क्वारेन्टिनमा राखिएका व्यक्तिलाई सामाजिक दूरी कायम गर्दै योग अभ्यास र स्वास्थ्यसम्बन्धी ज्ञान सिकाउने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

“उपमहानगरपालिकाले आफै तालिम दिएर यसअघि नै विद्यालयका ३० जना शिक्षकलाई योग प्रशिक्षक तयार गरेको छ”, प्रमुख नृपबहादुर वडले भने, “यसका लागि क्वारेन्टिनमै योग प्रशिक्षकलाई नै परिचालन गरी योग अभ्यास गराइने छ ।” प्रशिक्षकद्वारा बिहानको समयमा योग अभ्यास गराइने भएपछि क्वारेन्टिनमा राखिएका व्यक्तिमा स्फूर्ति ल्याउने प्रमुख वडको भनाइ छ ।

त्यसैगरी क्वारेन्टिनमा रहेकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिने उपप्रमुख सुशीला मिश्र भट्टले बताए । स्वास्थ्यकर्मीले कोरोनालगायत अन्य रोगसम्बन्धी रोकथामका उपाय, सरसफाइ र क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउने किसिमका ज्ञान दिने बताइएको छ ।

उपमहानगरपालिकाका १९ वटा क्वारेन्टिनमा हालसम्मको तथ्याङ्क अनुसार ३१० जना रहेका छन् र यो सङ्ख्या थपिन सक्ने क्वारेन्टिन व्यवस्थापन उपसमिति संयोजक नारायणप्रसाद बरालले बताए ।

त्रिनगर भन्सार क्षेत्र सेनिटाइज गरियो

धनगढी उपमहानगरपालिका सरसफाइ शाखाका कर्मचारीसहितको टोलीद्वारा कैलालीको त्रिनगर भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइज गर्ने काम गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाइमा भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइजको काम गरिएको बताइएको छ ।

सीमामा अलपत्र परेकालाई खाना खुवाएका पेपर, प्लेट, पानीका बोतल, चाउचाउ बिस्कुटलगायतका खोस्टाले भन्सार क्षेत्र छेउछाउ फोहर बढेसँगै सरसफाइ र सेनिटाइज गर्ने काम गरिएको नगर प्रमख वडले बताए ।

उपमहानगरपालिकाले बजारका मुख्य सडक र टोल टोलमा समेत यसअघि औषधि छर्किने काम गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ३ : ५७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६