पतिको हत्या अभियोगमा पक्राउ | Khabarhub Khabarhub

पतिको हत्या अभियोगमा पक्राउ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- बर्दघाट–सुस्ता पश्चिममा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् ।

घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया(चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

धर्मनाथ आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको मृतावस्थामा फेला परेका थिए । अभियुक्त पार्वतीविरुद्ध आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : २७ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार