विप्लव समूहका नेता गजमेर पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका नेता गजमेर पक्राउ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता लेखराज गजमेरलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ धुलिखेलबाट उनी पक्राउ परेका हुन् ।

गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेको जनाइएको छ ।

प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौँ लगेका हुन् । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो ।

लामाका अनुसार चन्द समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरी काठमाडौँ लगेको हो ।

गजमेरलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ ।

गजमेरले यही जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।

केही महिनाअघि सिन्धुपाल्चोकबाट गिरफ्तारीमा परेका गजमेरलाई सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा दोलखा, रामेछापपछि काभ्रेपलाञ्चोकमा मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ०४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न