नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाइँदै | Khabarhub Khabarhub

नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाइँदै


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलनअघि नै विदामा नेपाल आएका श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाउने तयारी भएको छ ।

माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल आइपुगेका तथा रोजगार अनुमति प्रणाली (इपीएस) को सबै कागजी प्रकिया पुगेका नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत कोरिया पठाउन लागिएको हो ।

यसका लागि नेपाल एयरलाइन्स र एनआरएनए केन्द्रीय कमिटीबीच सम्झौता भइसकेको एनआरएनए कोरियाका महासचिव डा. विमल सुवेदीले जानकारी दिए ।

नेपाल एयरलाइन्सको उक्त चाटर्ड विमान पहिलो चरणमा अप्रिल ३० तारिखमा नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई लिएर कोरियाका लागि उड्नेछ ।

लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल आएका श्रमिक अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएपछि  कोरिया जान सकिरहेका थिएनन् ।

मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन भएपनि कोरिया सरकारसँग छलफल गरी फर्किनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो ।

कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ५५ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ