विपद् व्यवस्थापन समिति बझाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

विपद् व्यवस्थापन समिति बझाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – विपद् व्यवस्थापन समिति बझाङलाई कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

वर्ल्ड भिजनले आर्थिक सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री स्थानीय प्रगतीशिल युवा समाजले बझाङका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उदेश्यले समितिलाई त्रिपाल एक सय ८० थान, पीपी फर्म ९ रोल, ब्लाङ्केट ९० थान, डोरी ९० रोल, झुल ९० थान, थर्मल गन ४ सेट, बाटा ४० सेट र पीपीई ४५ सेट हस्तान्तरण गरेको प्रगतिशिल समाजका अध्यक्ष रमेश केसीले बताए ।

सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा रोजगारीका लागि भारत गएका अधिकांश मानिसहरु हाल भन्सार नजिकै सीमानामा क्वारेन्टाइनमा बसिरहेका छन् ।

उक्त स्वास्थ्य सामग्री कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रयोग गरिने बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : २५ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।