कोरोना भाइरस: टम क्रुजको ‘मिसन इम्पोसिबल’ सिक्वेल सर्‍यो | Khabarhub Khabarhub

कोरोना भाइरस: टम क्रुजको ‘मिसन इम्पोसिबल’ सिक्वेल सर्‍यो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयार्क – हलिउड अभिनेता टम क्रुजको फ्रेन्चाइज मिसन इम्पोसिबलको सातौं र आठौं शृङ्खला कोरोना भाइरसका कारण नयाँ मितिमा रिलिज गर्ने घोषणा गरिएको छ ।

फिल्मको सातौं सिक्वेल यस वर्षको २३ जुलाइमा रिलिज गर्ने घोषणा गरिएको थियो । अब यो फिल्म सन् २०२१ मा पुगेको छ ।

मिसन इम्पोसिबलको आठौं सिरिज सन् २०२२ को ५ अगस्तमा रिलिज गर्ने घोषणा गरिएको थियो । यो फिल्म २०२२ को ४ नोभेम्बरमा रिलिज हुनेछ भने सातौं सिरिज १९ नोभेम्बर २०२१ मा रिलिज गरिने जनाइएको छ ।

फिल्मका अभिनेता टम क्रुज इटलीको भेनिसमा फिल्मको शूटिङका लागि जाने योजनामा थिए । फेब्रुअरीको अन्तिममा शूटिङ समेत स्थगित गरिएको थियो ।

कोरोना भाइरसका कारण ठूला बजेटका प्रायः सबै हलिउड फिल्मले आफ्नो रिलिज मिति सारेका छन् । मार्भलले पनि आफ्ना फिल्मको रिलिज मितिमा हेरफेर गरेको थियो । रिलिजको तयारीमा रहेको फिल्म ‘नो टाइम टु टाइ’ लगायत केही फिल्मले पनि निर्धारित रिलिज मिति स्थगित गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०