लकडाउन हाम्रै सुरक्षाको लागि हो, धैर्य बन्नुस् : नायिका मास्के | Khabarhub Khabarhub

लकडाउन हाम्रै सुरक्षाको लागि हो, धैर्य बन्नुस् : नायिका मास्के


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका शिल्पा मास्केले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्ने बताएकी छिन् ।

सरकारले कोरोना भाइरसको जोखिम रोक्ल लकडाउन लागू गरेको अवस्थामा यसको पूर्ण पालना गर्नुपर्ने उनले बताएकी छिन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ ।

शिल्पाले पनि आफ्नो यो समय परिवारसँग बिताउँदै आएको बताएकी छिन् । शिल्पाले यो समयमा आफूलाई प्रोडेक्टिभ बनाउन प्रयास गरिरहेको जानकारी दिइन ।

लकडाउनका कारण घरबाट बाहिर निस्किन नपाउँदा धेरैलाई अत्यास र निराश लागेको भए पनि यस्तो परिस्थितिमा धैर्यता र सकारात्मक सोच राख्नुपर्ने उनको भनाइ छ ।

चलचित्र द ब्रेकअपबाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी मास्केले कागजपत्र, सानो मन, काठपुतली जस्ता चलचित्रमा अभियान गरेकी छन ।

उनले नेपाली चलचित्र क्षेत्रमा मात्र नभई हलिउड, बलिउडमा पनि अभिनय गरेकी छन् । शिल्पा मास्केले हलिउडमा डाक्टर स्ट्रेन्ज, मिसन इम्पोसिभल, फलआउट जस्ता चलचित्रमा अभिनय गरेकी छन भने हलिउड सर्ट फिल्म ’एलिफेन्ट’ मा पनि अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०