कोरोना भाइरस : लाखौं नेपाली रहेका खाडीका ६ देशमा २७६ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : लाखौं नेपाली रहेका खाडीका ६ देशमा २७६ को मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले नेपालीहरुको धेरै उपस्थिती रहेका खाडीका ६ मुलुकमा २७६ जनाको मृत्यु भएको छ ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १४४ जनाको मृत्यु भएको छ । साउदी अरव  १८ हजार ८११ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ८२ जनाको मृत्यु भएको छ भने १० हजार ८३९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २२ जनाको मृत्यु भएको छ भने ३ हजार २८८ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश ११ हजार २४४ र २०४९ गरी कुल १३ हजार २९३ जना संक्रमित भएका छन् ।

बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ७४९ जना संक्रमित भएका छन् ।

गैह्रआवासिय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोना भाइरसले अहिलेसम्मका खाडीका ६ राष्ट्रमध्ये युएईमा २ जना नेपालीको मृत्यु भएको छ ।

खाडीका ६ राष्ट्रमध्ये युएईमा ८१, बहराइनमा ४९, कुवेतमा ४२ र साउदीमा ४ जना गरी १७६ जना नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

नेपाली श्रमिकको आकर्षक श्रम गन्तव्य मानिने खाडी मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । कतिपय नेपालीहरुले नेपाल आउन चाहिरहँदा समेत सरकारले ल्याउने तदारुकता नदेखाउँदा अप्ठेरोमा परेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ३२ बजे

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा