कोरोना भाइरसविरुद्धको लडाईंमा बुद्धि र विवेक प्रयोग गर्नुस् : प्रधानसेनापति थापा | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको लडाईंमा बुद्धि र विवेक प्रयोग गर्नुस् : प्रधानसेनापति थापा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले कारोना भाइरसको संक्रमण रोक्न बुद्धि र विवेकको प्रयोग गर्न निर्देशन दिएका छन् ।

उनले कोरोना भाइरसविरुद्धको राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खटिने सबै दर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका हुन् ।

प्रधानसेनापति थापाको दश बुँदे निर्देशन जारी गर्दै भनेका छन् , ‘सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वाेच्च सेवाभाव देखाउनुहोस् ।’

सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्स्त हुने भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रधानसेनापतिले भनेका छन्, ‘आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् ।’

संकटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उनले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ३४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने