भारतमा कोरोनाको संक्रमण रोक्न २५ करोड दिने अभिनेता अक्षयको घोषणा | Khabarhub Khabarhub

भारतमा कोरोनाको संक्रमण रोक्न २५ करोड दिने अभिनेता अक्षयको घोषणा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला संक्रमण रोकथामका लागि सबै क्षेत्रबाट सहयोगको घोषणा भएका छन् ।

कोरोना भाइरसविरुद्ध लड्न भारतीय मनोरञ्जन क्षेत्रका स्टार कलाकारकारहरूले खुलेर अग्रसरता देखाइरहेका छन्।

भारतीय स्टार कलाकारहरूले आ–आफ्नो तर्फबाट आर्थिक सहयोगको घोषणा गरिरहेका बेला अभिनेता अक्षय कुमारले २५ करोड भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार अक्षयले आफ्नो अफिसियल ट्वीटरमार्फत् ट्वीट गर्दै लेखेका छन्, ‘यो समय जनताको जीवन रक्षाको समय हो र सबैले सकेजति केही न केही गर्नुपर्ने समय पनि हो। त्यसैले म मेरो बचतबाट रु २५ करोड प्रधानमन्त्री राहत कोषमा सहयोगको घोषणा गर्दछु,।’

यसैगरी सरकारले घोषणा गरेको राहत कोषमा अन्य अभिनेताहरूमा प्रभासले रु १ करोड, महेश बाबुले रु १ करोड रूपैयाँ राहत कोषमा जम्मा गर्ने भएका छन्। त्यस्तै अर्का अभिनेता पवन कल्याणले पनि राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा गरिसकेका छन्।

भारतमा २१ दिन लामो लकडाउन घोषणासँगै जनजीवन प्रभावित बनेको छ। भारतमा शनिबार बेलुकीसम्म २० जनाो मृत्यू भएको छ भने ९ सय ३३ जनामा संक्रमण देखिएको छ । जसमध्ये ८४ जना उपचारपछि निको भएका छन् भने ८ सय २९ जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : २२ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०