विदेशबाट फर्केकाको लगत संकलन गर्दै दैलेख प्रशासन, भारतबाट आउनेको संख्या ९०४ | Khabarhub Khabarhub

विदेशबाट फर्केकाको लगत संकलन गर्दै दैलेख प्रशासन, भारतबाट आउनेको संख्या ९०४


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा भारतबाट दैलेख फर्कनेहरूको संख्या करिब हजार पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ ।

पछिल्लो प्राप्त जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ ।

भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण स्वास्थय सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्लाअधिकारी युवराज कट्टेलले बताए ।

यसैबीच जिल्लाका विभिन्न स्थानमा १८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । ३३ वटा आइसोलेशन कक्ष र तीन हाइ केयर युनिट तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।

भारतबाट फर्कनेहरुको संख्या ९ सय पुगिसकेको भए पनि क्वारेन्टाइनमा बस्ने अहिलेसम्म १६ जना मात्र छन् ।

अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्देशन जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ५४ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार