लकडानबाट प्रभावित भएका गरिब परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण | Khabarhub Khabarhub

लकडानबाट प्रभावित भएका गरिब परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– दैनिक ज्यालादारी गरी परिवार चलाउने तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई वीरगन्ज महानगरपालिकाले खाद्यान्न लगायत उपभोग्य वस्तु सहयोगको अभियान शुरु गरेको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) बिजय कुमार सरावगीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण अभियान शुरु गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल परेका व्यक्ति तथा परिवारलाई घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण गर्न थालिएको मेयर सरावगीले जानकारी दिए ।

सरकारले जारी गरेको लकडाउनका कारण दिनभरी मजदुरी गरेर छाक टार्नेहरु बढी प्रभावित भएका छन् । वीरगन्ज महानगरपालिकाले लकडाउन प्रभावित व्यक्ति तथा परिवारको सूची बनाइ घरमै गएर उपभोग्य वस्तु वितरण गर्न थालेको हो ।

शनिबार बिहान वडा नम्बर ३ र वडा नम्बर १२ मा पुगेर दैनिक ज्यालादारी गरी घरपरिवार चलाउने २ सय ५० व्यक्तिका परिवारलाई उपभोग्य वस्तु वितरण गरिएको मेयर सरावगीले बताए ।

महानगरपालिकाले चामल, दाल, नुन आलु, चाउचाउ, बिस्कुट लगायतका सामग्रीहरुको पोको नै बनाएर बाँड्न थालेको हो ।

मेयर सरावगीले महानगरपालकिाका ३२ वटै वडाहरुमा उक्त अभियान सञ्चालन गरिने पनि जानकारी दिए ।

पहिलो चरणमा खाद्यय सामग्रीहरुको १० हजार ५ सय पोका तयारी गरी वितरण अभियान शुरु गरिएको र आवश्यकताअनुसार निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ०१ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक