आजैदेखि घर घरमा गएर फोहर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही | Khabarhub Khabarhub

आजैदेखि घर घरमा गएर फोहर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

आजैदेखि काठमाडौं उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन शुरु भएको पनि मन्त्री मानन्धरले जानकारी दिए ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रालयले आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो ।

संघीय राजधानी काठमाण्डौको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाण्डौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ ।

उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुगन्र्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिईसकिएको विज्ञप्तीमा उल्लेख छ ।

साथै संक्रमणको जोखिम न्युनिकरणका लागि बिहान ८ बजेभित्र फोहर बसिर्जनको ब्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ ।

फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन मिलाउने कामको थालनि समेत भईसकेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।

अव्यवस्थित रुपमा फालिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहरलाई छुट्टा छुट्टै ब्यवस्थित रुपमा व्यवस्थापन गरिदिनुहुन सहरबासीलाइ मन्त्री मानन्धरले आग्रह समेत गरेका छन् ।

घर बाहिर फोहर फाल्नेलाई कारबाही गरिने तयारी समेत गरिएको छ ।

फोहोरका कारण फैलनेसक्ने संक्रमणलाई मध्यनजर गर्दै सदा झै फोहोर विर्सजनका लागि सिसिडोलबासीले गर्नुभएको सहजकिरणको प्रशंसा समेत गरिएको छ । मन्त्रालय र सरोकारवाला निकायको पहलमा आजैदेखि सिसडोलमा फोहर बिसर्जन सुरु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्री मानन्धरले त्यहाँ निर्माण गर्नुपर्ने पूर्वाधार लगायतका आवाश्यक संरचना व्यवस्थापनको काम समेत यथासिघ्र थालनी गराउने प्रतिवद्धता समेत जनाएका छन् । तत्काल देखिन सक्ने समस्या समाधानका लागि हात धुले प्रयोजनका लागि काठमाडौं महानगरपालिकाले ट्यांकी, मास्क लगायतका सामग्रीहरु उपलब्ध गराएको र थप ब्यवस्थापनका लागि मन्त्रालयले पहल गरिसकेको मन्त्री मानन्धरले बताए ।

अव्यवस्थित रुपमा फलिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्को यो घडीमा संयमता अपनाउन सबै पक्षलाइ मन्त्री मानन्धरले अनुरोध समेत गरेका छन् । आफू उक्त क्षेत्रको जनप्रतिनिधी समेत भएका नाताले सिसडोल र बन्चरेडाँडाको समस्या समाधानमा सदा प्रतिवद्ध रहने बाचा समेत मन्त्री मानन्धरले गरेका छन् ।

संकटको बेलामा सबै पक्ष गम्भिर बनेर छलफलका माध्यमबाट समाधानको खोजिमा लाग्नुपर्ने बेला आएको विज्ञप्तीमा उल्लेख छ । विपद्को घडीमा ध्रैयता र संयमता अपनाउन पनि सबै पक्षलाई मन्त्री मानन्धरले आग्रह गरेका छन् ।

सहरी क्षेत्रमा संकटको सामना गर्नका लागि स्थानिय तह र वडा कार्यालयसम्म नै उद्धार, उपचार र यन्य अत्यावश्यकिय व्यवस्थापनका लागि सहरी क्षेत्रका सबै स्थानमा तत्काल संरचना तयार पार्न देशभरका सबै नगरपालिकालाई मन्त्रालयले अनुरोध गरेको छ ।

संघ, प्रदेश र सबै स्थानिय तह मार्फत फोहर संकलन र ब्यवस्थापन लगायतका कामलाई तिब्रता दिलाउने र सम्भावित संकटको सामना गर्न उद्धदार र राहतका लागि समेत सबै स्थानिय तहका संरचनालाई तयारी अवस्थामा राख्नुपर्ने आवश्यकतालाई ध्यान दिन मन्त्री मानन्धरले आग्रह समेत गरेका छन् ।

सहरी क्षेत्रमा नागरिकको बाक्लो बसोबास लगायतका कारणले कोरोनाको संक्रमण फैलने सम्भावना उच्च रहेकाले आवश्यक क्वारेन्टाइन निर्माणका लागि विभिन्न विकल्पसहति मन्त्रालय तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरको विज्ञप्तिमा उल्लेख छ ।

सम्भावित संक्रमितका लागि अस्थायी आवास
क्वारेन्टाईनको प्रवन्ध लगायतको व्यस्थापनका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख छ ।

प्रत्यक्ष सरोकार रहने भएकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको नेपाल सरकारको उच्चस्तरीय समितिलाई आवश्यक सहयोग र समन्वयका लागि समेत मन्त्रालय तयारी अवस्थामा रहेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ३ : ४३ बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको