अस्पताल र खाद्यान्न पसल बाहेकका स्थानमा ननिस्कन जापानमा विशेष सूचना | Khabarhub Khabarhub

अस्पताल र खाद्यान्न पसल बाहेकका स्थानमा ननिस्कन जापानमा विशेष सूचना


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्दै गरेको जापानले आफ्ना नागरिकलाई थप सचेत रहन आग्रह गरेको छ ।

टोकियो गभर्नर कोइकेले शुक्रबार राति पत्रकार सम्मेलन गर्दै अस्पताल वा खाध्यान्न बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेकी छन् ।

अत्यावस्यक बाहेक घर बाहिर ननिस्कन गरेको अनुरोध अटेरी गरेपछी कोइकेले टोकियोवासिलाई किटानी गरेरै अस्पताल वा खाध्यान्न बाहेक घर बाहिर ननिस्कन बिशेष आग्रह गरेको हुन् ।

कोरोनाको जोखिम रहेको अवस्थामा समेत साकुराका पार्कमा भिड लाग्ने, बजारमाअनावश्यक घुम्न हिंड्ने र होटल रेस्टुरेन्टमा जमघट उस्तै रहेको भन्दै उनले असन्तुस्टि पोखेकी छन् ।

आजदेखि अप्रिल ३ तारिखसम्म उपचार र खाध्यान्नको लागि बाहेक घरबाहिर ननिस्कन सचेत गराउदै टोकियो महानगर गभर्नर कोइकेले भनेकी छिन्-‘अहिलेकोरोना भाईरस फैलने क्रम बिस्फोट हुने अवस्थामा पुगेको छ, त्यसैले एक हप्ता गरमै बस्नुस् साकुरा अर्को बर्ष पनि फुल्छ ।

बुधवारनै संक्रमण बढ्दो पाएपछी आकस्मिक पत्रकार सम्मेलन गरेकी टोकियोकी गभर्नरकोइकेले बिहीवार प्रधानमन्त्रि आबेलाइ भेटेकी थिइन् । कोरोनाको गतिसंगै सक्रियता बढाएकी कोइकेले छिमेकका प्रिफेक्चरहरुसँग समेत सहकार्य बढाएकी छिन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : २२ बजे

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि