कोरोनाभाइरसको नयाँ इपिसेन्टर बन्दै न्यूयोर्क, २६ हजार ६ सय बढी संक्रमित | Khabarhub Khabarhub

कोरोनाभाइरसको नयाँ इपिसेन्टर बन्दै न्यूयोर्क, २६ हजार ६ सय बढी संक्रमित


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण यूरोपियन मुलुक हुँदै अहिले अमेरिका आक्रान्त बन्दै गएको छ । अमेरिकाको पनि न्यूयोर्क शहर नयाँ इपिसेन्टरका रुपमा देखा परेको छ ।

अमेरिकाको न्यूयोर्क सिटीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ९७ पुगेको छ । न्यूयोर्क सिटीभित्रमात्र ५ हजार २५० जना अस्पतालमा भर्ना गरिएका छन् भने १ हजार १ सय ७५ जनालाई आईसीयूमा राखेर उपचार थालिएको जनाइएको छ ।

शनिबारसम्मको विवरण अनुशार न्यूयोर्क सिटीभित्र सबैभन्दा धेरै संक्रमित छन् । न्यूयोर्कको क्वीन्समा संक्रमितको संख्या ८ हजार ५ सय २९ रहेको छ । न्युयोर्कको क्वीन्समा नेपालीहरुको बाक्लो बसोबास समेत रहेको छ ।

न्यूयोर्कको ब्रुकलिनमा ७ हजार ९१ मा संक्रमण पुष्टि भएको छ भने ब्रोंक्समा ४ हजार ८ सय ८० मा संक्रमण पुष्टि भएको छ । म्यानहटनमा ४ हजार ६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने स्टेटन आइल्याण्ड १५ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

न्युयोर्कसिटीमा अहिलेसम्म ४५० जनाको मृत्यु भएको छ ।  अमेरिकामा हालसम्म १ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

कोरोनाभाइरसको संक्रमणका कारण १७ सय बढीले ज्यान गुमाइसकेका छन् । २५ सय बढी उपचारपछि निको भएका छन् भने २५ सय बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । झण्डै एक लाखको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६