अमेरिकाले निर्माण गर्‍यो ५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि | Khabarhub Khabarhub

अमेरिकाले निर्माण गर्‍यो ५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्वव्यापी महामारीका रुपमा फैलिकए कोरोनाका कारण विश्व समुदाय नै त्रसित छ ।

संक्रमित भएका विरामीको परीक्षणमा ढिलाइ हुँदा उसले धेरै मानिसलाई सार्ने जोखिम बढीरहेका बेला अमेरिकाले पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि निर्माण गरेको छ ।

अब अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेको हो । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ ।

एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता लगाउन सक्ने प्रविधिलाई स्वीकृतिप्राप्त भएको जनाएको छ । उक्त कम्पनीले आगामी सातादेखि स्वास्थ्य सेवा प्रदायकका लागि यो सेवा उपलब्ध गराउने जनाएको छ ।

इलिनोयको लेक बल्फको कम्पनी एबोटले हरेक दिन ५० हजारको टेस्ट गर्नसक्नेगरी उत्पादन गर्ने जनाएको छ । एफडीएले यो प्रविधिलाई आपतकालिन रुपमा स्वीकृति प्रदान गरिएको हो ।

अमेरिकामा हालसम्म १ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् भने १७ सय बढीले ज्यान गुमाइसकेका छन् । २५ सय बढी उपचारपछि निको भएका छन् भने २५ सय बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । झण्डै एक लाखको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : २७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका