कोरोना भाइरसको जोखिम रोक्न सर्वसाधारणका लागि सशस्त्र प्रहरीद्वारा 'गोलो घेरा' | Khabarhub Khabarhub

कोरोना भाइरसको जोखिम रोक्न सर्वसाधारणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोलो घेरा’


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई रोकथाम गर्न गृहमन्त्रालयले देशभर लकडाउन गरेको अवस्थामा सशस्त्र प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ ।ब

बारामा सर्वसधारणलाई मास्क साबुन, सेनिटाईजर वितरण गरि जनचेतना जगाउने काम गरिरहेको सशस्त्र प्रहरीले स्वास्थ्यकर्मीको सल्लाह अनुसार कोभिड १९ बाट बच्न दुरी कायम गर्न समेत सर्वसाधारणलाई सुझाएको छ ।

सर्वसारणको दैनिक उपभोग्य वस्तु खरिद गर्दा दुरी कायम राखेर मात्र जान सुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।

जिल्लाको कोल्भी नगरपालिका,सिम्रौनगढ, महागढिमाई, कलैया उपमहानगरपालिका लगायतका ठाँउहरुमा गोलो प्रणाली लगाएको उनले बताए । बाँकी स्थानीय तहमा पनि समन्वय गरि गोलो प्रणाली बनाउने काम भइरहेको समेत जानकारी गराए ।

किराना पसल, तरकारी बजार, औषधी पसल, कपडा पसल लगायतको किनमेल गर्ने ठाउँहरुमा सशस्त्र प्रहरीको कमाण्डमा खटेका जवान लगायतकाले कम्तीमा एक फिटको दुरी कायम गर्ने गरि गोलो बनाई किनमेल गर्ने वतावरण बनाएका हुन ।

जिल्लामा सशस्त्र प्रहरीले नै नाका लगायतका ठाउँमा हेल्प डेस्क संचालन गरेको, मास्क, सेनिटाईजर, साबुन लगायत समाग्री वितरण गरेको थियो । यस्तो विपदको अवस्थामा पनि जिल्लाको विभिन्न ठाउँमा जनचेतना जगाउने काम सशस्त्र प्रहरीले गरिरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : ४३ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन