मोडल खुस्बु ओलीलाई २ वर्ष कैद फैसला | Khabarhub Khabarhub

मोडल खुस्बु ओलीलाई २ वर्ष कैद फैसला


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैदको फैसला सुनाएको छ। लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैद फैसला सुनाएको हो।

सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवालले ओलीविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो।

मोडल ओलीले २ वर्षअघि घरजग्गा किन्नका लागि ३६ लाख मागेपछि उनले सापटी स्वरुप रकम दिएका थिए । कटुवालले रकम फिर्ता माग्दा ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएपनि खातामा पैसा थिएन ।

पटक–पटक फोन पैसा जम्मा गर्नभन्दा पनि ओलीले रकम जम्मा गरेकी थिइनन् । तेस्रो पटक समेत चेक साँट्न जाँदा पैसा नभएपछि कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका थिए।

सोही मुद्दामाथि अदालतले ३ महिना कैदको फैसला सुनाएको थियो। फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो।

तर अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि उनले पुनः  जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : १५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल