खाली पेटमा खाए स्वास्थ्यमा हानी गर्ने ९ खानेकुरा | Khabarhub Khabarhub

खाली पेटमा खाए स्वास्थ्यमा हानी गर्ने ९ खानेकुरा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस स्वस्थ रहन उसको जीवनशैली र खानपान विशेष कारक मानिन्छ । अझ कुन समयमा के खाने के नखाने लगायतका विषयले समेत मानिसको स्वास्थ्यमा असर पार्दछ ।

तसर्थ हामीले कुन समय के खाने भन्नेमा विशेष ध्यान दिनुपर्छ । बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने भएकाले बिहान बिहान खान नहुने केहि खानेकुरा हुन्छन् ।

यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ । तसर्थ खालीपेटमा के के खानु हुदैन न त ? थाहा पाइ राख्नुहोस् ।

१. ग्रीन टी वा दुध हालेको चिया

धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा दुध हालेको चिया पिउने गर्छन् । तर यसले स्वास्थ्यमा नराम्रो असर पार्दछ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।

२. गोलभेँडा

गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँने गर्दछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँनु राम्रो मानिन्छ ।

३. दुध

दुधमा सैच्युरेटेड र प्रोटिनको मात्रा बढी मात्रामा पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँने काम गर्छ । साथै विहान खाली पेटमा दुध पिउँदा खोकी समेत लाग्दछ ।

४. दहि

दुधका अलावा बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु राम्रो मानिदैन । बिहानै दही खानु हुदैन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

५. केरा

प्रायः मानिस तौल बढाउन बिहान बिहानै केरा खाने गर्दछन् । तर बिहान केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिर्गाने खतरा हुन्छ । बिहानै केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।

६. सखरखण्ड

स्वादमा राम्रो मानिए पनि बिहान बिहान खाली पेटमा सखरखण्ड खादाँ यसले शरीरमा फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्दछ ।

७. सोडा

खाली पेटमा ज्यादा कार्बोनेटयुक्त केहि खानु हुदैन । विशेषतः खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । साथै एसिडको समस्याले छाति दुख्ने पोल्ने हुनसक्छ ।

८ औषधि

आवश्यकता र प्राथमिकता बाहेकका औषधिलाई बिहान खाली पेटमा खानु हुदैन । अन्यथा औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्वहरुसँग मिलि रसायनिक प्रतिक्रिया बनाउँछ । यसले स्वास्थ्यमा ठुलो असर पर्दछ । तसर्थ अनिवार्य औषधि बाहेक केहि खाएर खानु मात्र उपयुक्त हुन्छ ।

९ अल्कोहल

अल्कोहल आफैंमा हानिकारक छ । त्यसमा पनि खाली पेटमा अल्कोहल खादाँ छिट्टै नशा लाग्छ साथै पेटमा जलनका साथै अन्य समस्या समेत निम्त्याउँछ । त्यसैले बिहान केही नखाइकन अल्कोहल खानु घातक हुन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : २६ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।