अस्थायी साधन बन्दै गर्भपतन सेवा | Khabarhub Khabarhub

अस्थायी साधन बन्दै गर्भपतन सेवा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ ।

डोटीका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् ।

गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएको केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा राजु गुरुङले जानकारी दिए । उनले भने, ‘निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपछि महिनैपिच्छे गर्भपतन गराउन आउन थाले, यो समस्याको विषय हो ।’

उनका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन् । अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको दुर्गामाडौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताइन ।

उनले भनिन्, ‘अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्या कम छ। गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँछन्, पछि गएर यो जटिल समस्याको विषय बन्न सक्छ ।’

यहाँका स्वास्थ्य चौकीको तत्थ्याङ्कअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन् । ती मध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिइन ।

उनले भनिन्, ‘हामीकहाँ मात्रै गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ, गर्भपतन सेवा अस्थायी साधनजस्तै बनेको छ ।’

जिल्ला अस्पतालले यो वर्ष ३५० ले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । ती मध्ये १२ भन्दा वढीले दुईदेखि तीनपटकसम्म सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका डा ज्योति पाण्डेले भने ‘गर्भपतन सेवालाई अस्थायी साधनका रुपमा लिनु हुँदैन । सेवाका बारेमा जनचेतना जगाउन आवश्यक छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ५६ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस