प्रधानमन्त्री बनेपनि जेकिण्डालाई चाहिँदैन सामान बोक्न सहयोगी, तस्वीर भाइरल ! | Khabarhub Khabarhub

प्रधानमन्त्री बनेपनि जेकिण्डालाई चाहिँदैन सामान बोक्न सहयोगी, तस्वीर भाइरल !


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरुको जीवनशैली बिलासी हुन्छ भन्ने भ्रम छ भने त्यो त्याग्नुस् । सबै मुलुकका नेताहरु अझ भनौं विकसित मुलुकका नेताहरुको जीवनशैली निकै सरल हुने गरेको दृष्टान्तहरु धेरै छन् ।

विकसित मुलुकका नेता तथा उच्च अहोदाका मानिसहरु आफ्नो काम खुरुखुरु आफै गरिरहेका हुन्छन् । हालै उदाहरण बनेकी छिन्- न्युजिल्याण्डकी प्रधानमन्त्री जेकिण्डा आर्डेन।

अष्ट्रेलिया भ्रमणका क्रममा उनले आफ्नो सामान आफैंले बोकेकी थिइन् । आफ्नो सामान आफैंले बोकेर गाडीमा समेत राखेकी थिइन् । त्यो काम गर्नका लागि उनलाई न त भरिया चाहियो न त सहयोगी नै । उनको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर चार्टर गरेर जन्मदिन मनाएको विषयसँग जोड्दै यो तस्वीरलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

त्यतिमात्र नभएर नेपालका नेताहरुले सहयोगीका रुपमा छाता ओढाउनेदेखि खोला तर्दा बोक्नेसम्म मान्छेको व्यवस्था गरेको विषयसँग पनि जोडेर चर्चा गरिएको छ । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेकै थिए ।

अधिकांश कुरा विदेशी सिको गर्ने नेपाली राजनीतिक दलका नेता तथा उच्च अहोदाका व्यक्तिहरुले सकारात्मक कुरा कहिले सिक्छन् भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न समेत गरेका छन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री मात्र नभएर संसारको सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा आउने अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको जीवन पनि अरुले सोचेको भन्दा फरक र निकै सरल छ ।

बिल गेट्को सम्पत्ति १ खर्ब अमेकिरी डलरभन्दा धेरै छ । यस्तोमा उनले आफ्नो जीवन आलिशान शैलीले बिताउने गरेको अरुलाई भ्रम हुनसक्छ । बिल गेट्सले सन् १९९४ मा माइक्रोसफ्टमा काम गर्ने मेलिण्डासँग विवाह गरेका थिए ।

उनीहरुको विवाह भएको २६ वर्षभन्दा धेरै भइसकेको छ । तर, विगत २६ वर्षदेखि यो जोडीले आफ्नो घरमा आफैं खाना बनाएर आफैं जुठा भाँडा समेत माझ्दै आएका छन् । धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो वास्तविकता हो ।

उनीहरुले अरु सामान्य मानिसले जस्तै साधारण जीवन बिताइरहेका छन् । उनीहरु घरका अन्य काम पनि सँगै गर्न रुचाउँछन् । गेट्स दम्पत्ती घरायसी काम दुई जनाले बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द