कोठा भाडा बचाउन यी युवतीले गरीन् यस्तो काम | Khabarhub Khabarhub

कोठा भाडा बचाउन यी युवतीले गरीन् यस्तो काम


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै पनि विद्यार्थी घर बाहिर कोठा भाडामा लिएर बस्छन् भने उसलाई सबैभन्दा बढी खड्किन्छ पैसा ।

अभिभावकले घरबाट बल्लतल्ल पठाइदिएको पैसा पनि कोठा भाडा, खाना, खाजा आदीमा नै सकिन्छ ।

कहिलेकाँही कुनै बिषयमा बढी खर्च भयो भने त्यसलाई ब्यवस्थित गर्न झनै मुस्किल पर्दछ । स्कटल्याण्डकी एक छात्रालाई यस्तै समस्या परेपछि उनले अनौठो उपाय निकालेकी छन् ।

स्कटलैण्डको पेस्ले शहर निवासी २५ बर्षीया कैटलिन माने नामक एक युवतीले कोठाको भाडा तथा अन्य बिलका कारण हैरान भएर आफ्नो पूरानो भ्यानलाई नै घर बनाएकी छन ।

कैटलिनका अनुसार कलेज र अन्य काममा दिनभर बाहिर रहने उनले कोठाको भाडा र बिल शीर्षकमा मात्र मासिक ३६ हजार रुपैयाँ तिर्नुपर्थ्यो ।

बेलुकी सुत्न आए बापत मासिक ३६ हजार खर्च तिर्नुपर्दा उनलाई बेकार लाग्दै आएको थियो । जसका कारण उनले ३५ बर्ष पूरानो भ्यानलाई नै घर बनाएकी हुन् ।

अहिले उनी भ्यानमा रहँदै आएकी छन् । साथै यहि भ्यानमा सानो भान्सा कोठा पनि बनाउने उनले तयारीमा छन् । डिजिटल एडिटर पदमा कार्यरत कैटलिनको यस निर्णयले उनका प्रेमी रेयान पनि खुशी भएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ०७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ