ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु | Khabarhub Khabarhub
Logo
१६ फाल्गुन २०७६, शुक्रबार

ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु



पाकिस्तान– पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोरस्थित एक कारखानामा ग्यास सिलिण्डर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।

“लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ,” पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ ।

विस्फोटका समय कारखानामा जम्मा १५ जना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कारखानामा ग्यास विस्फोटपछि घरको छाना खस्दा धेरै जनाको मृत्यु भएको जनाइएको छ । घटनामा २ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


भर्खर

0