राजपा तत्काल सरकारमा नजाने, समर्थन पनि नगर्ने | Khabarhub Khabarhub

राजपा तत्काल सरकारमा नजाने, समर्थन पनि नगर्ने


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका क्रममा सत्तँरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तत्कालै सरकारमा सहभागी नहुने बताएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकका बोल्दै राजपा संसदीय दलका नेता महेन्द्र राय यादवले आफूहरुलाई सरकारमा जान कुनै हतारो नभएको बताएका हुन् ।

नेता यादवले राजपाले तत्कालै सरकारलाई समर्थन गर्ने अवस्था समेत नभएको बताए ।

‘मधेशी जनतासँग सरकारले गरेको बाचा पूरा गर्नुपर्छ । सरकारकाले संविधान संसोधन गरोस्, २५ जना हाम्रा नेताहरु जेलमा छन् । राजपा मुद्धाका लागि गठन भएको पार्टी हो, सरकारमा जान हैन,’ नेता यादवले भने, ‘रेशम चौधरीलगायत अन्य नेता कार्यकर्ता पनि जेलबाट निकालियोस् । मुद्दालाई सम्बोधन गर्नुस्, हामी सरकारले चाहेका बेलामा फेरि पनि समर्थन गर्न सक्छौं । हामी त्यसका लागि तयार छौं । तर राजपा सरकारमा जाने सम्भावना छैन, मधेशी दललाई पालैपालो सरकारमा ल्याउने सरकारको चाहना हामीले बुझेका छौं । राजपा सरकारमा गए जनतालाई धोका हुन्छ ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  २ : ३८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०