एमसीसी तत्काल संसदबाट पास गर्नुपर्छ– देउवा | Khabarhub Khabarhub

एमसीसी तत्काल संसदबाट पास गर्नुपर्छ– देउवा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाबाट प्राप्त हुने अनुदानका सन्दर्भमा भएको एमसीसी सम्झौतालाई तत्काल संसदबाट पारित गराउनुपर्ने बताएका छन् ।

नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले एमसीसी सम्झौतामार्फत नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग प्राप्त हुन लागेकाले उक्त सम्झौता तत्काल पारित गराउनुपर्ने बताएका हुन् ।

‘शुसील कोइराला प्रधानमन्त्री हुँदा नै एमसीसी आएको हो, यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको बिजुली भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने,’ सभापति देउवाले भने, ‘तत्काल एमसीसी संसदबाट पारित गर्नुपर्छ ।’

सभापति देउवाले धेरै ठुलो रस्साकस्सीका बावजुत सभामुख चयन हुनुभएको भन्दै नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै कार्यकालभर आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताए ।

‘सभामुख तटस्थ पद हो, निस्पक्ष पद हो । संसद विपक्षीको हो भन्ने कुरा ध्यान दिन हुन आग्रह गर्छु । सत्ता पक्षले संसदमा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो,’ देउवाले भने, ‘प्रतिकूल विधेयकहरु सरकारले संसदमा पेश गरेको छ । मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु संसदमा आएका छन् । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ ।’

प्रतिनिधिसभाको विपक्षी दलका नेता रहेका देउवाले संसद बैठकमार्फत कोरोना भाइरहेको बढ्दो जोखिमका सन्दर्भमा समेत सरकारको ध्यानाकर्षण गराए । ‘कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनिकरणका लागि २४ घण्टे हेल्प डेस्क चलाउन आवश्यक देखेको छु,’ देउवाले भने, ‘चीनसँग सिधा उडान छ, चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्छ ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  २ : २६ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न