२ वटा ट्रक एक आपसमा ठोक्किँदा रुपन्देहीमा ३ जनाको मृत्यु | Khabarhub Khabarhub

२ वटा ट्रक एक आपसमा ठोक्किँदा रुपन्देहीमा ३ जनाको मृत्यु


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– भैरहवा–भूमही सडक खण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–४ सुइलिहवामा २ वटा ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका जनाइएको छ ।

मंगलबार बिहान करिब साढे ५ बजेतिर भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।

दुर्घटना परी मृत्यु हुनेमा नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–४ का ३४ वर्षीय लालु कुर्मी र भविन कार्की तथा ठेगाना नखुलेका पूर्णबहादुर भुजेल छन् ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

घाइतेहरको भैरहवा मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेहरुमा तनहुँ घर भएका वीरेन्द्र गुरुङ (ट्रक चालक) , नवलपरासीको पाल्ही नन्दन गाउँपालिका घर भएका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजनका भीम अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, अन्य घाइतेहरु नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–४ का २७ वर्षी विनोद धवल, ४भ्० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : २५ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक