कोरोनाको संक्रमण फैलिएपछि १ करोड बढी जनसंख्या भएको वुहान शहर सुनसान | Khabarhub Khabarhub

कोरोनाको संक्रमण फैलिएपछि १ करोड बढी जनसंख्या भएको वुहान शहर सुनसान


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चीनको वुहान शहर सुनसान बनेको छ । करीब एक करोड दश लाख जनसंख्या भएको वुहान शहर कोरोनाको संक्रमण फैलिएपछि सुनसान बनेको हो । कोरोनाको संक्रमण फैलिएपछि वुहान शहरमा सवारी साधनमा रोक लगाइएको छ ।

मध्य चीनमा अवस्थित वुहान शहर विश्वका विभिन्न भूभागबाट चीन प्रवेश गर्ने मुख्य द्वार हो । तर शहर अहिले विश्वका लागि बन्द गरिएको छ । अधिकांशलाई प्रवेश र बर्हिगमनको अनुमति दिइएको छैन् ।

शहरका गल्ली खाली देखिएका छन् । शहरमा यातायातका सबै साधन बन्द गरिएको छ । विशेष अनुमति लिइएको सबारी मात्रै वुहानको सडकमा गुडाइने व्यवस्था गरिएको छ ।

सरकारी सबारी साधन भने सञ्चालनमा रहेको छ । विश्वका चर्चित ब्राण्डहरु स्टारबक्स, म्याकडोनाल्डले हुबेइ प्रान्तमा रहेको आफ्नो ९० वटै शाखा बन्द गरेको छ । यद्यपि  चिनियाँ अधिकारीहरुले भने आपूर्ति व्यवस्था अत्यन्तै चुस्त रहेको जनाएको छ ।

डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा प्रथमपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले हुवेइ प्रान्तको अधिकांश स्थलमा प्रकोपको रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

चीनमा मात्रै उक्त भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६ जना पुगिसकेको छ । ४ हजारभन्दा बढी संक्रमित रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

केही संक्रमित भने निको भएर घर फर्काइएको जनाइएको छ ।  करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् ।  तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको प्रकोप चीनका २५ भन्दा बढी प्रान्तमा फैलिएको छ । गत आइतबारदेखि देशव्यापीरुपमा जङ्गली जनावरको बेचबिखनमा समेत प्रतिबन्ध लगाइएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ३० बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा