काभ्रेमा प्रहरीद्वारा २५ सय लिटर घरेलु मदिरा नष्ट | Khabarhub Khabarhub

काभ्रेमा प्रहरीद्वारा २५ सय लिटर घरेलु मदिरा नष्ट


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको बनेपामा रहेका विभिन्न होटलबाट बरामद गरिएको २५ सय लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोलीले सोमबार साँझ बरामद गरेको २५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत होटलको अनुगमन गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार बरामद गरिएको होटललाई ‘आइन्दा घरेलु मदिरा बिक्री–वितरण नगर्न’ सचेत गराइएको छ ।

बरामद मदिरा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बनेपा नगरपालिका–५ चप्लेटीमा नष्ट गरिएको छ । तिमल्सिनाले बनेपा नगरलाई घरेलु मदिरामुक्त बनाउन अनुगमनलाई तीव्रता दिइने बताउनुभयो । यसैगरी बनेपामा सुरक्षा एवं अवैध सामग्री बिक्रीवितरमा प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले गत साता बनेपा बसपार्क र चाँदनीचोकस्थित मोबाइल पसलबाट राजश्व छलिएका ३० थान ब्राण्डेड मोबाइल सेट बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ०६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न