अमेरिकामा एकैदिन १ हजार ४०८ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा एकैदिन १ हजार ४०८ संक्रमितको मृत्यु


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा एकैदिन १ हजार ४०८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३९ हजार ९२१ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ६० हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९४ लाख ३३ हजार ८४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख १० हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७६ लाख ८३ हजार ४२५ जनामध्ये २८ हजार ५७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ११ : १८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका