युरोपियन संसदद्वारा 'एलईटी'लाई कारबाही गर्न पाकिस्तानी प्रधानमन्त्रीलाई आग्रह | Khabarhub Khabarhub

युरोपियन संसदद्वारा ‘एलईटी’लाई कारबाही गर्न पाकिस्तानी प्रधानमन्त्रीलाई आग्रह


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- २००८ को नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणमा संलग्‍न भएको आतंकवादी समूह लस्कर-ई-तैयबा (एलईटी) लाई कारबाही गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आग्रह गरिएको छ ।

युरोपियन संसद्‌का सदस्यहरुले पाकिस्तानका प्रधानमन्त्री खानलाई तत्काल आतंकवादी समूह एलईटीलाई कारबाही गर्न आग्रह गरेका हुन् । युरोपियन संसदका सदस्य रिसजार्ड जारनेकी र फुलभियो मार्तुसेलोले पाकिस्तानलाई आतंकवादी समूहलाई कारबाही गर्न आग्रह गरेका हुन् ।

उनीहरुलाई पाकिस्तानले आतंकवादी समूहलाई संरक्षण गरेको संकेत गर्दै मुम्बई आक्रमणका पीडितहरुलाई न्याय दिन ढिलाइ नगर्नसमेत आग्रह गरेका छन् ।

सन् २००८ मा पाकिस्तानमा रहेको आतंकवादी समूह एलईटीले मुम्बईका विभिन्‍न स्थानहरुमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा १७७ जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।

युरोपियन संसदका लागि इटालीयन प्रतिनिधि मार्तुसेलो र पोल्यान्डका प्रतिनिधि जारनेकीले पाकिस्तानी प्रधानमन्त्री खानलाई पत्र पठाउँदै २६ नोभेम्बर २००८ को आक्रमणका पीडितहरुलाई न्याय दिन आग्रह गरेका हुन् ।

उनीहरुले पाकिस्तानले हालसम्म उनीहरुलाई कारबाही गर्न नसकेको भन्दै निन्दासमेत गरेका छन् । यस्ता किसिमका नरसंहारहरु आगामी दिनमा हुन नदिनका लागि समेत सचेत गराउँदै पीडितहरुलाई न्याय दिन आंतकवादीहरुलाई कारबाही गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ३७ बजे

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।