तीन हजार किमी सडक आवधिक मर्मत गरिने | Khabarhub Khabarhub

तीन हजार किमी सडक आवधिक मर्मत गरिने


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो ।

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए ।

उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उनले भने, “सडकअनुसार फरकफरक किमिमको मर्मत चाहिन सक्छ ।”

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए ।

सामान्यतया सडक निर्माण गरिएको पाँच/छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन् ।

स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् । गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ । यसको लागत झण्डै रु आठ अर्ब रहनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ०४ बजे

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार