यी हुन् बाथ रोगका लक्षण र बच्ने उपाय | Khabarhub Khabarhub

यी हुन् बाथ रोगका लक्षण र बच्ने उपाय


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साधारणतयाः जाडो सुरू भएपछि जोर्नीको दुःखाई आम समस्याको रूपमा देखा पर्छ ।

बोलिचालिको भाषामा बाथ रोग भनिने यो समस्याले अंगमा हानी गर्न सक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्।

बाथ रोगमा सामान्यतयाः जोर्नी दुख्ने र सुनिने हुन्छ । सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो।

गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए पनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।

यस्ता छन् लक्षण

-हातखुट्टाका जोर्नीहरू दुख्ने

-सुनिने तथा बिहानीपख अररो हुने

-ज्वरो आउने,

-आलस्य हुने,

-चाँडै थाक्ने तथा गल्ने

-छालामा निको नहुने घाउ आउने,

-आँखा रातो हुने तथा दुख्ने,

-फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने,

-फोक्सोबाहिर पानी जम्ने यसका लक्षण हुन्।

यी हुन् बच्ने उपाय

-चिसोमा नजाने ।

-बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औंला सेक्ने ।

-चिसो मौसममा तातो खानेकुरा खाने र न्यानो कपडा लगाउने ।

-धुम्रपान तथा मद्यपान नगर्ने ।

-रातो मासु नखाने ।

-सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा नखाने ।

-शरीरमा निलडाम देखिएमा, मुखमा घाउ आएमा वा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई देखाउने ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ३० बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति