बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प | Khabarhub Khabarhub

बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जो बाइडनले राष्ट्रपतीय चुनाव जितेको प्रमाणीकरण भएमा ह्वाइट हाउस छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अहिलेसम्म हार स्वीकार नगरेका ट्रम्पले बाइडनले जितेको इलेक्टरल कलेजले पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने बताएका हुन् ।

इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ।

यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु गर्न पनि सहमति जनाएका थिए।

उनको सहमतिसँगै अमेरिकी सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ।

बाइडनले त्यसको स्वागत गरिसकेका छन्। उनलाई राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : २५ बजे

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ