भारतीय प्रधानमन्त्री मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले गरे भेट | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले गरे भेट


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गरेका छन् ।

भारत र अमेरिकाबीच दुवै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुवै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताएका छन् ।

उनले सम्झौतालाई अघि बढाउन दुवै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुवै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पनि बताएका छन् ।

रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा दुवै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।

सम्झौतापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सैनिक–सैनिकबीचको सहयोग निरन्तर प्रगतिउन्मूख रहेको बताए । ‘दुई दिनको बैठकमा हामीले सम्भावित क्षमता विकासका साथै अन्य संयुक्त सहयोगात्मक क्रियाकलापलाई अघि बढाउने बारेमा पनि छलफल गरेका छौं ।’ उनले भने ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ३० बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,