भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने | Khabarhub Khabarhub

भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ ।

निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेना प्रमुखको नेपाल भ्रमण तय भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “मिति २०७७/०७/१९ गते बाट २०७७/०७/२१ गते (तदानुसार ४ देखि ६ नोभेम्बर) सम्म हुने तिन दिवसिय भ्रमणका दौरान जनरल नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।”

भारतीय सेना प्रमुख जनरल नरवणेलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको महारथी दर्जा प्रदान गर्ने समेत जनाइएको छ । भारतीय सेना प्रमुखले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँगसमेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ०७ बजे

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।