काठमाडौं उपत्यकामा मात्रै  २० हजार ५८६ सक्रिय संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा मात्रै  २० हजार ५८६ सक्रिय संक्रमित


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका कुल सक्रिय कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २० हजार ५८६ जना रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ९७ महिलासहित २५२ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

यस्तै मन्त्रालयका अनुसार उपत्यकामा हालसम्म ३१४ जनाको मृत्यु भएको छ भने २० हजार ५८६ सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा २००,भक्तपुरमा ५८ र ललितपुरमा ५६ जनाको कोरोनाबाट मृत्यु भएको हो।

उपत्यकामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या पनि वृद्धि भइरहेको छ। मंगलबारसम्म काठमाडौंमा १० हजार ५०१, भक्तपुरमा १७ सय १९ र ललितपुरमा२३ सय ६२ गरी १४ हजार ५८२ जना होम आइसोलेसनमा छन्।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। पछिल्लो २४ घण्टामा ५७० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हालसम्म ४० हजार ६८१ कोरोनाका सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार आइसोलेसनमा ४० हजार ६८१ जना छन् भने क्वारेन्टाइनमा २९ सय ३२ जना रहेका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ४ : ५७ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना