बाबुराम भट्टराई भन्छन् – बलात्कारीलाई मृत्युदण्ड | Khabarhub Khabarhub

बाबुराम भट्टराई भन्छन् – बलात्कारीलाई मृत्युदण्ड


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार साँझ ट्वीट गर्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने धारणा अघि सारेका हुन् ।

नेता भट्टराईले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको भन्दै मृत्युदण्डको बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका हुन् । बझाङकी बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको सन्दर्भलाई जोडेर डा. भट्टराईले बलात्कारीलाई मृत्युदण्ड हुनुपर्ने माग राखेका हुन् ।

नेता भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘राजतन्त्र कालका नमिता/सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्मको बलात्कार/हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भैसक्यो। अब यसो गरौंः १ अपराधी नपक्रने–मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही। २ अदालतमा छुट्टै बेन्चको स्थापना, ३ अपराधीलाई मृत्युदण्ड !’

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ४२ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार