ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन | Khabarhub Khabarhub

ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ ।

स्वर्गीय न्यायाधीश एन्टोनीन स्कालियाकी पूर्व सहयोगीका रुपमा समेत कार्य गरेकी ब्यारेटले आफू सर्वोच्च अदालतको न्यायाधीशका रुपमा मनोनयनमा परेकामा अति खुशी भएको बताउँदै आफू स्कालियाको न्यायिक दर्शनबाट प्रभावित समेत रहेको बताए ।

४८ वर्षीया ब्यारेट ह्वाइट हाउसको रोज गार्डेनमा आफ्ना पति र सात बालबच्चासहित उपस्थित थिइन् । अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तिलाई सदर गरेमा हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा नियुक्त हुनेछिन् ।

रिपब्लीकन राष्ट्रपतिहरुले नियुक्त गरेकी उनी छैटौं न्यायाधीश हुनुहुनेछ भने राष्ट्रपति ट्रम्प एक्लैले तेस्रो नियुक्ति गर्नेछन् । अमेरिकी सर्वोच्च अदालतमा नौ जना न्यायाधीश हुने व्यवस्था छ ।

राष्ट्रपति ट्रम्पले ब्यारेट उच्चतम बौद्धिक र आचरण रहेको भन्दै प्रशंसा गरेका थिए । आफूले न्यायाधीशका लागि चयन गर्नुअघि ब्यारेटको व्यक्तिगत रेकर्ड राम्रोसँग हेरेको बताए ।

रिपब्लीकन पार्टीका सिनेटरहरुले आगामी नोभेम्बर ३ अघि नै सुनुवाई प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् । ब्यारेटको मनोनयन पूरा हुन सके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशंका व्यक्त गरिएको छ ।

राष्ट्रपति ट्रम्पले भने ब्यारेटको मनोनयनलाई सिनेटले अनुमोदन गरे आफूलाई राष्ट्रपति निर्वाचित गर्न ठूलो मद्दत पुग्ने विश्वासमा हुनुहुन्छ ।

सन् २०१६ मा रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो ।

यसपटक रिपब्लीकनको त्यही अडान फेरिएको छ । अर्थात् ४२ दिनभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तीलाई सदर गर्न सिनेटमा तयारी हुँदैछ ।

सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी सातामा ब्यारेटको नियुक्तिलाई सदर गर्ने दृढता व्यक्त गरिएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लीकन पार्टीले बेइमानी गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ०९ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको