जिदानले रियललाई सय खेल जिताए | Khabarhub Khabarhub

जिदानले रियललाई सय खेल जिताए


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार राति ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेसँगै पशिक्षक जिनेदिने जिदानले नयाँ कोसेढुङ्गा पार गरेका छन् ।

योसँगै जिदानले रियलको प्रशिक्षकको जिम्मेवारीमा टिमलाई सयौं जीत दिलाएका छन् ।

जिदानले ला लिगामा प्रशिक्षकको रुपमा रियलबाट १ सय ४७ खेलमा प्रशिक्षकको भमिका निभाएका छन् । सय जीतमा ५५ खेल रियलको घरेलु मैदानमा जिताएका छन् भने ४५ खेल अवे म्याचमा जिताएका हुन् ।

जसमा उनको टोलीले ३४२ गोल गरेको छ भने १ सय ४७ गोल खाएको छ । ला लिगामा रियललाई जिदानभन्दा बढी जीत दिलाउने प्रशिक्षक मिगुएल मुनोज हुन् । उनले २ सय ५७ खेल जिताएका छन् ।

जिदानको नेतृत्वमा सन् २०१६/१७ र २०१९/२०को सिजनमा रियललाई ला लिगाको उपाधि दिलाएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : १४ बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको