बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको सम्भाव्यता अध्ययन | Khabarhub Khabarhub

बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको सम्भाव्यता अध्ययन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुटवल नगर खेलकुद विकास समितिले बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरेको छ । उपमहानगरले ७ वटा खेल मैदानहरु विभिन्न वडाहरुले निर्माण र स्तरोन्नती गराइरहेको जानकारी दिएको छ ।

विभिन्न विद्यालय तथा औधोेगिक क्षेत्रमा गरि ७ वटा खेल मैदानको पहिचान उपमहानरले गरेको छ ।

बुटवलमा रहेको नवीन औद्योगिक कदर बहादुर रीता मावि र लुम्बिनी वाणिज्य क्याम्पसको संयुक्त खेलमैदान, हात्ती सुँड पार्क बुटवल, नव दिलिप कवडहल उपल्लो माँझगाँउ, तल्लो देवीनगर सार्वजनिक खाली मैदान, प्रगतिनगर खेल मैदान प्रगतिनगर, एन्फा टेक्निकल सेन्टर देवीनगर, नहरपुर मावि खेलमैदान रहेका छन् ।

नगर खेलकुद विकास समितिले भाद्र २३, २४ र आश्विन ४, ५ गतेगरि चार दिनको समय लगाएर खेल मैदानको पहिचान गरेको हो ।

बुटवल उपमहानगरपालिका औद्योगिक, शैक्षिक क्षेत्रका रुपमा रहेको बताउँदै उपमहानगरले यसलाई खेलकुद हवका रुपमा समेत अगाडि बढाउने गरी काम गरेको बताइएको छ ।

उपमहानगरले अध्ययन गरेका खेल मैदानमा विभिन्न खाले भौतिक संरचनाहरुको निर्माण गर्दै अगाडि बढ्नु पर्ने बताएको छ । ती मैदानमहरु सम्बन्धित वडा कार्यालयहरुले निर्माण तथा मर्मत सम्भारको काम गरिरहेको बताइएको छ ।

उपमहानगरले युवाहरुको आकर्षण बढाउनका लागि पनि यो कार्यक्रम अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ०२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न